करेक्सन देखिएको सेयर बजार साताको दोस्रो कारोबार दिन आज (सोमबार) २३.१९ अंकले बढेको छ ।
अघिल्लो दिन (आइतबार) ११.६ अंकले घटेको नेप्से सोमबार भने २३.१९ अंक बढ्दै २,६५३.९ अंकमा पुगेको छ ।
नेप्सेमा सोमबार ३२४ कम्पनीको ७८ हजार ८४८ पटकको कारोबारमा एक करोड ७५ लाख एक हजार ८०२ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ पुग्यो
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीनवटाको सूचक घटेर बाँकी सबैको बढ्यो ।
नेप्सेमा सोमबार बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड परेको छ ।
यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने राधी जलविद्युत् कम्पनी परेको छ । राधीको ६२ करोड २८ लाख तीन हजार ५५८ रुपैयाँको सेयर किनबेच भए । राधीको अन्तिम कारोबार मूल्य ८२६ रुपैयाँ कायम रह्यो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान