काठमाडौं, जेठ २७ :

आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्सको सामाना गर्दैछ ।  

खेल आज  नेपाली समयअनुसार अपरान्ह ३ : ४५  बजेदेखि स्कडल्याण्डको डुन्डीमा सुरु हुनेछ ।

नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।  अहिलेसम्म ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेलमा जित हासिल गरेको थियो भने गत  आइतबारको खेलमा भने कीर्तिमानी जितबाट चुकेको थियो । स्कटल्याण्डसंग २ रनले पराजित भएको थियो ।

नेपाल र स्कटल्याण्डसँग १-१ खेल खेलेको नेदरल्याण्ड्स भने  दुवै खेलमा पराजित भएको छ ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये नेपालले र  नेदरल्याण्ड्सले ३ / ३ खेल जितेको छ ।

लिग २ को अंकतालिकामा  २६ अंक सहित  नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल  १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।