काठमाडौं, जेठ २७ :

त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको र उनलाई भक्तपुरको धुन्चेपाखा सानोठिमीबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

जेठ १४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ)का केही समूहले उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गर्नुका साथै रेक्टरको कार्यालयमा तालाबन्दी गरेका थिए। ती घटनामा संलग्न आरोपमा कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।