बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र सेयर बजार

हरियाली सेयर बजारमा लगानीकर्ताको उत्साह, २३ अंकले नेप्से बढ्दा १० अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ जेठ, २०८२ मा प्रकाशित
हरियाली सेयर बजारमा लगानीकर्ताको उत्साह, २३ अंकले नेप्से बढ्दा १० अर्बको कारोबार
काठमाडौं, जेठ २७ :

अघिल्लो दिन (सोमबार) २३.१९ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि २५.७ अंकले बढेको छ । योसँगै नेप्से  २,६७८.१७ अंकमा पुगेको छ ।

यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.५ अंकले बढेर ४५६.७७ अंकमा पुगेको छ । नेप्से आइतबार भने ११.६ अंकले घटेको थियो ।

नेप्सेमा आज ३११ कम्पनीका ८१ हजार ७३८ पटकको कारोबारमा दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम १० अर्ब १६ करोड नौ लाख ८१ हजार ७६ रुपैयाँ पुग्यो ।

नेप्सेमा मंगलबार १३ समूहको सेयर कारोबार भएकामा १३ वटैका सूचक बढेर नेप्से हरियाली बनेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी डेभलपमेन्ट लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर परेको छ । हाइड्रो इलेक्ट्रिसिटीको अन्तिम कारोबार मूल्य २२४ रुपैयाँ कायम रह्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार