काठमाडौं, जेठ २७ :

काठमाडौँको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । 

आज दिउँसो ग्राण्डी अस्पतालनजिकै गोली चल्दा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्।   गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ ।दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । 

लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले रड प्रहार गर्दा दुई प्रहरी पनि घाइते भएका छन्। पक्राउ परेकाको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद भएको छ।