शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

लस एन्जलसमा कर्फ्यु सुरु, राष्ट्रपति ट्रम्पले प्रदर्शन भड्काएको क्यालिफोर्नियाका गभर्नरको आरोप

· बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
लस एन्जलसमा कर्फ्यु सुरु,  राष्ट्रपति ट्रम्पले प्रदर्शन भड्काएको क्यालिफोर्नियाका गभर्नरको आरोप
काठमाडौं, जेठ २८ :

लस एन्जलसको मेयर करेन बासले आप्रवासन  कारबाहीविरुद्ध भएको प्रदर्शनका क्रममा लुटपाट र हिंसाका कारण सहरको केही क्षेत्रमा कर्फ्यु लगाउने घोषणा गरेकी छिन्।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले टेलिभिजनमार्फत सम्बोधन गर्दै लस एन्जलसको अवस्थालाई उक्साएको भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।

कर्फ्यु सुरु भए पनि धेरै मानिसहरू डाउनटाउन क्षेत्रमा नै देखिएका थिए ।  केही अनायास नै आएका थिए भने केही त केहीले कर्फ्यु उल्लंघन गर्दै सडकमा आएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  प्रदर्शनलाई शान्ति र सार्वजनिक व्यवस्थामाथिको आक्रमण भन्दै टिप्पणी गरेका छन् । उनले सहरमा थप सैनिक परिचालन गर्ने निर्णयमा अडिग रहने समेत बताएका छन्।

हाल करिब २ हजार १ सय  क्यालिफोर्निया नेशनल गार्डका सदस्यहरू लस एन्जलस क्षेत्रमा तैनाथ छन् । थप ७ सय  मरीन सैनिकहरू पनि त्यहाँ पठाइएका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार