
काठमाडौं, जेठ २८ :
पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन कसुरमा पक्राउ पुर्जी जारी भएको छ । उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पत्रकार पाठकले केही महिनाअघि आफ्नो युट्युब च्यानलमा हिल्टन होटेलको सेयर बिक्रीबारे एउटा रिपोर्ट प्रसारण गरेका थिए । सोही समाचारका आधारमा उनलाई साइबर ब्युरोले पक्राउको अनुमति पाएको बुझिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेर समाचार प्रसारण गरेको भन्दै परेको उजुरीका आधारमा पाठकलाई पक्राउ गर्न लागिएको हो ।
नक्सालमा रहेको हिल्टल होटेलमा शंकर ग्रुपको स्वामित्व छ । होटेलमा जयवीरको पनि लगानी रहेको भन्ने समाचार प्रसारणपछि शंकर ग्रुपले विज्ञप्ति नै निकालेर खण्डन गरेको थियो ।