काठमाडौं, जेठ २८ :

सरकारले मन्त्रिपरिषद् बैठकमा भएका ११ वटा निर्णय सार्वजनिक गरेको छ। आज सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले सिजाङ (तिब्बत) मा आयोजना हुने नेपाल–चीन व्यापार सहजीकरण समितिको १३औं बैठकका सम्बन्धमा छलफल गर्न एजेन्डा स्वीकृत गरेको छ। साथै, उक्त बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको छ।

त्यस्तै, निर्माण व्यवसायीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्नका लागि बनाइने विधेयकको तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरिएको छ।

अन्य निर्णयहरू यसप्रकार छन् :