शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

· सोमबार, १५ साउन, २०८१ मा प्रकाशित
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत,साउन १४: पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।हिजोदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको छ ।

माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधनहरू बिच बाटोमा अलपत्र छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार