
कास्की, जेठ २८ :
पोखराको फेवातालमा दुई वटा प्याराग्लाइडिङ खसेको छ । पोखरा-१८ खपौंदीस्थित तालमा आज दिउँसो ३ बजे अचानक चलेको हावाहुरीका कारण अनियन्त्रित भएर दुई वटा प्याराग्लाइडिङ खसेको हो।
दुर्घटना हुँदा तालमा खसेका दुई भारतीय यात्रु र दुई नेपाली पाइलटको उद्धार गरिएको छ । भारत बनारसका ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल, पाइलट काभ्रे धुलिखेलका ३० वर्षीय मिलन शाह र पोखरा लेकसाइडका २८ वर्षीय विकास अधिकारीको सशस्त्र प्रहरीको गोताखोरले घटनाको २० मिनेटमा नै उद्धार गरिएको छ।
दुर्घटनामा परेका चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।