बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश भिडियो

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना
काठमाडौं, जेठ २९ :

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगेका छन् । अहमदाबादको अग्निशमन विभागले घटनाको पुष्टि गरेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

अहमदाबाद विमानस्थलको टर्मिनल १ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो । त्यसपछि सम्पूर्ण टोली अनुसन्धानका लागि घटनास्थल गएको छ ।

यद्यपि बाहिर आएका तस्बिरहरूमा विमानमा आगो र धुवाँ देख्न सकिन्छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार