
काठमाडौं, जेठ २९ :
मधेस प्रदेशका जसपा सांसद सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनामनगरबाट पक्राउ गरेको छ। प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई विकास कोषको रकम ती समितिका खातामा पठाएर, आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम झिकाई आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारले जनाएको छ।
केही दिनअघि सचिव कायस्थलाई पनि अख्तियारले पक्राउ गरिसकेको थियो। पक्राउको समयमा प्रहरीले सांसद सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको थियो।