काठमाडौं, जेठ ३० :

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बाँकी ३२ जनालाई भने धरौटीमा छाडेको छ ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिले पनि कसुरमा संलग्नताको मात्रा र गाम्भीर्य हेरी ३२ अभियुक्तलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

काठमाडौं ३२ का हरिहर चौलागाईं, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भीम भन्ने हेमराज थारू र विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतसँग जनही १ लाख रूपैयाँ धरौटी माग गरिएको छ ।

यीबाहेक अरुसँग भने १० देखि ५० हजार रुपैयाँसम्म धरौटीमा छाड्ने आदेश अदालतले गरेको छ ।

धरौटी मागिएका अभियुक्त :
हरिहर चौलागाईं- काठमाडौं, काठमाडौं महानगरपालिका ३२
सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल- काठमाडौं, नागार्जुन नगरपालिका
भीम भन्ने हेमराज थारु- भक्तपुर, मध्यपुर थिमी नगरपालिका
गोपाल मल्ल ठकुरी- रुपन्देही, स‍ैनामैना नगरपालिका १
पशुपति खड्का- काठमाडौं, तारकेश्वर नगरपालिका ७
विष्णु पराजुली- तनहुँ, व्यास नगरपालिका २
पुष्कर खतिवडा- ललितपुर, महालक्ष्मी नगरपालिका ७
मुनीन्द्र राजभण्डारी- काठमाडौं, तारकेश्वर नगरपालिका ६
कुमार बस्नेत- काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ८
अनिलकुमार थापा- काठमाडौं
गोपाल बोहोरा भन्ने तारानाथ बोहोरा- झापा, कमल गाउँपालिका ३
दानबहादुर न्यौपाने- झापा, दमक नगरपालिका ७
उमेश तामाङ- झापा, दमक नगरपालिका ७
भानुभक्त पौडेल- झापा, दमक नगरपालिका ७
विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेत- ललितपुर, ललितपुर महानगरपालिका ७
देवीप्रसाद संग्रौला- काठमाडौं, काठमाडौं महानगरपालिका ६
प्रेमबहादुर थापा मगर- रुपन्देही, देवदह नगरपालिका ९
ओमप्रकाश लुइँटेल- झापा, अर्जुनधारा नगरपालिका ५
तेजेन्द्र रायमाझी- काठमाडौं, काठमाडौं महानगरपालिका ६
मनबहादुर काला- काठमाडौं, काठमाडौं महानगरपालिका १०
प्रेमबहादुर श्रेष्ठ- दोलखा, शैलुङ गाउँपालिका
नीराजनकुमार गिरी- काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ११
रमेश राई- काठमाडौं, तारकेश्वर नगरपालिका ८
दिवस बोगटी क्षेत्री- काठमाडौं
दिलकुमार श्रेष्ठ- काठमाडौं, तारकेश्वर नगरपालिका ४
कमलकुमार विष्ट- ललितपुर, ललितपुर महानगरपालिका २६
लोकबहादुर बस्नेत- तेह्रथुम, फेदाप गाउँपालिका १
दिनेश खड्का- सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका ४
अमीत साह- सर्लाही, कविलासी गाउँपालिका ८
सुमन कार्की- काठमाडौं, काठमाडौं महानगरपालिका ३१
जितबहादुर श्रेष्ठ- सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका ४
मनोजकुमार सापकोटा- भक्तपुर, मध्यपुर थिमी नगरपालिका १