
काठमाडौं, जेठ ३० :
लगातार अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले बिहीबार संसद् अवरोध गरेपछि बैठक शुक्रबारसम्मका स्थगित गरेका हुन् ।
प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक जेठ १३ गतेदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनुपर्ने मागसहित सदमा अवरोध पुर्याइरहेका छन् ।