काठमाडौं, जेठ ३० :

नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनमा उनले सम्बोधन गर्नेछन् ।

उनी बेलायत भ्रमणका क्रममा बेलायतको कम्युनिस्ट पार्टी अफ ग्रेट ब्रिटेनको नेतृत्वसँग छलफल, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन, बेलायतमा रहेका विभिन्न नेपाली जनसंगठन तथा संघ-संस्थाहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम छ ।

कार्यालय सचिव भीष्म अधिकारीका अनुसार पोखरेलको भ्रमण १० दिनको हुनेछ ।