शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति

गृहमन्त्री लेखकले भने- अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय हुनुपर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्री लेखकले भने- अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय हुनुपर्‍यो
काठमाडौं, जेठ ३० :

गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताए । प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नुपरिरहेको उनको भनाइ थियो ।

‘सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु सीमित स्रोत र साधानका भरमा काम गर्नुपरेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारले प्रर्याप्त ध्यान दिँदैछ, दिन्छ ।’ आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रुपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रुपमा वृद्धि भएको उनले जानकारी दिए ।

‘अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो,’ गृहमन्त्री लेखकले भने । विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उनले बताए ।

‘अभियोजनका क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ,’ गृहमन्त्री लेखकले भने, ‘विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण सङ्कलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।’ 
फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार