
ईरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । आक्रमणमा ४० जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ।
ईरानको तेहरान र इजरायलको तेल अभिवमा आज राति थप विस्फोटहरू भएका हुन् । शुक्रबार बिहान इजरायलले ईरानका आणविक तथा सैन्य अखडाहरुमा आक्रमण गरेपछि दुई मध्यपूर्वी शत्रुबीचको द्वन्द्व झनै चर्किएको छ। उक्त आक्रमणमा ईरानका केही शीर्ष नेताहरू मारिएका थिए।
इजरायली आक्रमणको जवाफमा ईरानले ध्वंसात्मक प्रतिक्रिया दिने चेतावनी दिएको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझ धेरै बाँकी छ भनेका छन्। एकजना वरिष्ठ ईरानी अधिकारीले इजरायलको पक्षमा उभिने कुनै पनि देशका क्षेत्रीय सैनिक अड्डाहरूलाई तेहरानले लक्षित गर्ने बताएका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इजरायललाई साथ दिने बताएका छन्। उनले ईरानलाई चेतावनी दिएका छन् कि यदि आणविक सम्झौतामा सहमति भएन भने केही बाँकी नहुने अवस्था आउन सक्छ।