लमजुङ सुन्दरबजार नगरपालिका ६ स्थित बरेटारमा गएराती भएको आगोलागी नियन्त्रणमा आएको छ ।
गएराती करीब ११ बजेर ५५ मिनेटमा गोबिन्द बोहोराको घरमा बिद्युत सट भई आगोलागी भएको हो । जस्ताको छाना भएको दुईतले घर पुर्ण रुपमा नष्ट भएको छ । आगोलागीबाट कुनै मानबिय क्षति भने भएको छैन ।
आगोलागीबाट करोडौंको क्षति भएको छ । आगोलागिबाट भएको क्षतिको एकिन बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।