
काठमाडौं, असार १ :
इरानले इजरायलको केन्द्रिय भागमा मिसाइल आक्रमण गरेको छ ।
इजरायलले पनि इरानी आणविक पूर्वाधारका केही साइटहरूमा आक्रमण गरेको दाबी गरेको छ।
तेहरानको तेल मन्त्रालयका अनुसार राजधानीमा रहेको शाहरान तेल डिपो इजरायलले गरेको पछिल्ला आक्रमणमा क्षतिग्रस्त भएको छ।
इरानबाट प्रक्षेपित आज रातिको मिसाइल वर्षापछि हैफाको तेल प्रशोधन केन्द्र (रिफाइनरी) नजिकै आगलागी भएको समाचार छ ।
इरानका राष्ट्रपति मसउद पेजेश्कियानले इजरायलले पछि नहटे अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
यसबीच आइतबार पुनः सुरु हुने भनिएको वाशिङ्टन र तेहरानबीचको इरानी आणविक कार्यक्रमसम्बन्धी वार्ता पछिल्ला घटनाका कारण रद्द गरिएको छ। जसको मध्यस्थता ओमानले गर्दै आएको थियो ।