
धनुषा, असार १ :
धनुषा जिल्ला अदालतले वैवाहिक बलात्कार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा एक व्यक्तिलाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने आदेश दिएको छ।
न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले गत शुक्रबार फैसला सुनाउँदै पीडित श्रीमतीलाई क्षतिपूर्ति दिलाउने आदेश समेत दिएको हो। अदालतले वैवाहिक जबरजस्ती करणी (बलात्कार) मुद्दामा जेठ १३ गते अभियुक्तलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेशी तय गरेको थियो।
कुल ३६ वटा पेशी चढेपछि शुक्रबार उनको मुद्दामा अन्तिम आदेश आएको हो ।२०७९ चैत २१ गते पीडित श्रीमतीले धनुषा जिल्ला अदालतमा उजुरी दर्ता गरेकी थिइन्।