आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति प्रदेश कोसी प्रदेश अर्थतन्त्र

कोसी प्रदेश सरकारद्वारा ३५ अर्ब ८७ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)

चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ असार, २०८२ मा प्रकाशित
कोसी प्रदेश सरकारद्वारा ३५ अर्ब ८७ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)
विराटनगर, असार १ :

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३५ अर्ब ८७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (जम्मा बजेटको ५२ प्रतिशत) र पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए। वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ (०.३ प्रतिशत) छुट्याइएको छ।

मन्त्री मगरका अनुसार यो बजेट चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी छ भने संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढाइएको हो। कुल बजेटमध्ये ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ।

खर्च बेहोर्ने प्रमुख स्रोतहरू

प्रदेश सरकारले आगामी वर्षका लागि अनुमानित खर्च बेहोर्न निम्न स्रोतहरूबाट आम्दानी हुने जनाएको छ:

आन्तरिक राजस्व: ५ अर्ब ५० करोड

राजस्व बाँडफाँड: १२ अर्ब ३९ करोड ६० लाख

संघीय सरकारबाट प्राप्त अनुदानहरू:

वित्तीय समानीकरण अनुदान: ८ अर्ब ५८ करोड ३४ लाख

सशर्त अनुदान: ४ अर्ब ५७ करोड १० लाख

समपूरक अनुदान: २९ करोड १७ लाख

विशेष अनुदान: ५५ करोड २० लाख

यी सबै स्रोतबाट करिब ३२ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

अन्य स्रोतहरू

रोयल्टीबाट प्राप्त अनुदान: ३५ करोड ६ लाख

नगद मौज्दात (अघिल्लो वर्षको बचत): ३ अर्ब १३ करोड

यस्तो छ बजेटको पूर्णपाठ :


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार