डोटी, भदौ २४ :
डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर माइत जान लागेकी सोही वडाकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको बताईएको छ ।
कौमतीदेवीको साथमा रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।