शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार राजनीति

कांग्रेस नेता एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ असार, २०८२ मा प्रकाशित
कांग्रेस नेता एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन
काठमाडौं, असार २ :

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा बिहान ५ बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । उनी अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए ।

समाजवादी चिन्तकका रूपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत थिए ।

उनका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो । माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल छन्। माहिली श्रीमती देवघाटमा बस्दै आएकी छन् ।

शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले उनीहरु आएपछि अन्त्यष्टि गरिने जनाइएको छ ।  स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पनि पारिवारिक स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार