साताको पहिलो कारोबार दिन आइतबार ०.४७ अंकले बढेको नेप्से दोस्रो कारोबार दिन आज (सोमबार) पनि बढेको छ ।
नेप्से आज २.८० अंकले बढेर २,६५८.६६ अंकमा चढेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.२५ अंकले घटेर ४५३.१६ अंकमा झरेको छ । यसैगरी हिजो आइतबार पनि सेन्सिटिभ इन्डेक्स ०.६७ अंकले घटेको थियो ।
नेप्सेमा आज ३१८ कम्पनीको एक लाख पाँच हजार ६३५ पटकको कारोबारमा तीन करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ रुपैयाँ पुग्यो । हिजो आइतबार भने ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा आठ वटाको सूचक बढेर पाँच वटाका सूचक राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । पियोरको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमा माई हाइड्रोपावर लिमिटेड परेको छ । सानिमा माईको अन्तिम कारोबार मूल्य ६४३ रुपैयाँ कायम रह्यो । आइतबार पनि सानिमा माईले सबैभन्दा बढी रकम कारोबार गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान