शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार खेलकुद क्रिकेट

तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससंग पराजित

· मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससंग पराजित
काठमाडौं, असार ३ :

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। योसँगै खेल पहिलो सुपर ओभरमा प्रवेश गर्‍यो।सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रननै जोडेपछि खेलमा दोस्रो सुपर ओभर गएको थियो ।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल सुपर ओभरमा लम्बियो । तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।

यो जितसंगै नेदरल्यान्ड्सले २ अंक जोडेको छ। सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार