बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

१० महिला उद्यमीलाई सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
१० महिला उद्यमीलाई सम्मान
ललितपुर, असार ३ :

ललितपुर महानगरपालिकाले आफ्नो पालिकाभित्र उद्यम गर्ने उत्कृष्ट १० महिला उद्यमीलाई सम्मान गरेको छ ।

महानगरले गरेको चौथो महिला उद्यमी सम्मेलनमा उनीहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानपत्र प्रदान गरे ।

सम्मानित हुनेमा आमाज क्रिएसनकी सुरुचि खड्का, कटन केयर होमकी हसना महर्जन, नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, जरा सोसल भेन्चर प्रालिका हेमा श्रेष्ठ छन् ।

त्यसैगरी रानीदेवी कृषि तथा पशुपालन फार्म प्रालिकी नानीमाया नेपाली, नेवाः नशाः घासाः की दिलमाया महर्जन, निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, वःसकी दीपा कर्माचार्य, बेस्ट ट्रेडर्सकी सुनिता बज्राचार्य र न्हु डिजाइन्सकी रश्मी तण्डुकार रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार