काठमाडौं, असार ३ :

साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से ३.९० अंकले घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ०.४७ अंकले बढेको नेप्से दोस्रो कारोबार दिन आज (सोमबार) पनि २.८० अंकले बढेको थियो ।

३.९० अंकले घटेको नेप्से आज २,६५४.७५ अंकमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.६७ अंकले घटेर ४५२.४८ अंकमा झरेको छ ।

नेप्सेमा आज ३०६ कम्पनीको ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम सात अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँ पुग्यो । हिजो सोमबार कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ रुपैयाँ पुगेको थियो । अस्ति आइतबार भने ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा जलविद्युत्, लघुवित्त र व्यापार समूहका सूचक बढ्दा बाँकी सबै राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमा माई हाइड्रोपावर लिमिटेड परेको छ । सानिमा माईको अन्तिम कारोबार मूल्य ६४८ रुपैयाँ कायम रह्यो । आइतबार र सोमबार पनि सानिमा माईले सबैभन्दा बढी रकम कारोबार गरेको थियो ।