
उदयपुर, असार ४ :
उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जनाको शव फेला परेको छ ।
अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको प्रहरीले जनाएको छ । मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीको भनाई छ ।
बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेका थिए ।
के कसरी घटना भयो त्यस्को अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।