बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुमारीको हातबाट टीका ग्रहण#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण #कुमारीको हातबाट टीका ग्रहण#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण
अर्थतन्त्र सेयर बजार

१ अंकले घटेको सेयर बजारमा ९ अर्बको कारोबार

बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । कर्पोरेटका लगानीकर्ताको सेयर मूल्य आज १० प्रतिशतले गुम्यो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ असार, २०८२ मा प्रकाशित
१ अंकले घटेको सेयर बजारमा ९ अर्बको कारोबार
काठमाडौं, असार ४ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १.०७ अंकले घटेको छ । योसँगै नेप्से २,६५३.६८ अंकमा झरेको छ । हिजो (मंगलबार) नेप्से ३.९० अंकले घटेको थियो ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ४५२.४९ अंकमा चढेको छ ।

नेप्सेमा आज ३१४ कम्पनीको ७८ हजार १३ पटकको कारोबारमा दुई करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम नौ अर्ब आठ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँ पुग्यो ।

नेप्सेमा बुधबार १३ समूहको सेयर कारोबार भएकामा पाँचवटाको सूचक बढ्दा बाँकी सबै घटे । नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । यसका लगानीकर्ताले आज १० प्रतिशतले आम्दानी गरे ।  बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । कर्पोरेटका लगानीकर्ताको सेयर मूल्य आज १० प्रतिशतले गुम्यो ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमा माई हाइड्रोपावर लिमिटेड परेको छ । सानिमा माईको अन्तिम कारोबार मूल्य ६४९ रुपैयाँ कायम रह्यो । आइतबार, सोमबार र मंगलबार पनि सानिमा माईले सबैभन्दा बढी रकम कारोबार गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार