फरार ज्योति बहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट नेपाल ल्यायो
बुधबार, ४ असार, २०८२ मा
प्रकाशित
काठमाडौं, असार ४ :
मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योति बहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
बुधबार राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
ज्योति बहादुर भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । उनलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।