
काठमाडौं, असार ५ :
स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुदैछ ।
ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले हार बेहोरेको थियो। तीन सुपर ओभरसम्म पुगेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ विकेटले पराजित गरेको थियो ।
सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने दोस्रो स्थानमा रहेको छ।