
भक्तपुर, असार ५ :
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.–४ स्थित दधिकोटमा एक युवती मृत फेला परेकी छिन् ।
दक्षिणबाराहीस्थित ईँटाभट्टा नजिकै डेरा गरी बस्दै आएकी युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
मृतक २२ वर्षीया युवतीको स्थायी घर मकवानपुरको हेटौंडा रहेको खुलेको छ । करीब दुई महिना अघि मात्रै ओखलढुंगा घर भएका युवकसँग विवाह गरेकी उनी विवाहपश्चात् श्रीमान्सँगै दधिकोटमा डेरा गरी बस्दै आएकी थिइन् ।
घरायसी विवादका कारण युवतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरीले जनाएको छ।