बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

प्रतिनिधिसभा बैठक जारी [LIVE]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा बैठक जारी [LIVE]
काठमाडौं, असार ५ :

प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा सांसद्हरुले आ-आफ्ना भनाइ राखिरहेका छन् ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषयलाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै रास्वपाले बेल घेराउ गरिरहेको छ ।

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा रास्वपाका सांसद हरि ढकालले पार्टीले अघि सारेको माग पूरा नभएसम्म संसद्‌मा अवरोध जारी रहने बताए ।  

‘हाम्रो दलले उठाएको माग पूरा नभएसम्म, गृहमन्त्रीको राजीनामा नआएसम्म, छानबिन समिति गठन नभएसम्म हाम्रो आन्दोलन जारी छ,’ उनले भने । त्यसपछि रास्वपाका सांसदहरू वेल घेराउमा उत्रिए ।
हेर्नुहोस् लाइभ :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार