असार ६ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साताभित्र  इरान–इजरायल द्वन्द्वमा अमेरिकाको सिधा संलग्न हुने नहुने निर्णय गर्ने ह्वाइट हाउसले बताएको छ। उनले वार्ताको ठुलो सम्भावना रहेको विश्वास गरेको समेत ह्वाइट हाउसले जनाएको छ।

यो कुराले कूटनीतिका लागि ढोका खोलेको बताईएको छ।

यसअघि इरानका उप–विदेश मन्त्रीले  यदि अमेरिका संलग्न भयो भने यस क्षेत्रलाई नर्क बनाउने बताएका थिए ।

एक हप्ताअघि भएको आक्रमणबाट इरानको आणविक स्थलहरुमा क्षति पुगेको छ । बिहीबार इरानी आक्रमणहरूमा इजरायल भर २७० भन्दा बढी मानिस घाइते भएका छन्। इरानले आइतवार यता आफ्ना क्षतिको अद्यावधिक विवरण दिएको छैन।

यसैबीच इरानले एक अस्पतालमा आक्रमण गरेपछि इजरायली रक्षा मन्त्रीले  इरानका सर्वोच्च नेता अब अस्तित्वमा रहन दिइनु हुँदैन भनेका छन् ।  तर तेहरानले आफ्नो आक्रमण नजिकैको सैन्य स्थललाई लक्षित गरिएको दाबी गरेको छ।