शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, असार ६ :

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन (बिहीबार) को तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य २१ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २२ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घटेको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार