शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण छ : मन्त्री पाण्डे

· शनिबार, ७ असार, २०८२ मा प्रकाशित
मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण छ : मन्त्री पाण्डे
काठमाडौं, असार ७ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

स्यस्य समाज यल र ललितपुर महानगरपालिका–१६ को आयोजनामा आज मङ्गलबजारमा भएको निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं मस्तिष्क मृत्युपश्चात् मानव अङ्ग प्रत्यारोपण बारेमा सचेतना तथा सम्मान कार्यक्रममा मन्त्री पाण्डेले नेपाली डाक्टरहरूको अथक मेहनत, परिश्रम र लगनशीलताले विकसित देशहरूको तुलनामा मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यो गौरवको कुरा भएको बताउनुभयो ।

“मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले कीर्तिमानी कायम गरेको छ, यो हामी सबै नेपालीको लागि निकै गौरवको कुरा हो, हामीले स्वास्थ्य क्षेत्रमा जेजति उपलब्धि हासिल गरिरहेका छौँ, यसका लागि यो क्षेत्रमा क्रियाशील डाक्टरहरूको ठूलो  मेहनत, परिश्रम, साधना, समर्पण जोडिएको छ, यस महत्त्वपूर्ण योगदानप्रति नेपाल सरकारबाट हार्दिक सम्मान प्रकट गर्न चाहान्छ,” उहाँले भन्नुभयो ।

समारोहमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर पुकारचन्द्र श्रेष्ठसहित विशिष्ट व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार