काठमाडौं, असार ८ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा आणविक साइटहरूमा गरिएको अमेरिकी सैन्य आक्रमणलाई शानदार सैन्य सफलता भन्दै ती सुविधाहरू पूर्ण रूपमा नष्ट गरिएको बताएका छन्।

ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले  ईरानले शान्ति गर्नैपर्ने नभए भविष्यमा आक्रमणहरू झन् ठूलो हुने चेतावनी दिए।

अमेरिकाले बी-२ बमवर्षक विमान प्रयोग गरेर आक्रमण गरेको हो। स्रोतहरूका अनुसार अमेरिकी सेनाले ३० हजार पाउन्ड तौलको बंकर बस्टर बम पनि प्रयोग गरेको थियो। यो बम युद्धमा प्रयोग गरिएको पहिलो घटना हो।

इजरायल–ईरान द्वन्द्व दोस्रो सातामा प्रवेश गरेको छ।

शनिबारको सुरुमा इजरायलले ईरानको कुद्स फोर्सका दुई कमान्डरहरूलाई मारेको दाबी गर्दै इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको थियो। इजरायलमा दुई इरानी ड्रोनहरूले देशको हवाई सुरक्षा प्रणाली पार गरेको दुर्लभ घटना भएको पनि बताइएको छ।