काठमाडौं, असार ८ :

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आइतबार सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ थियो ।

यसैगरी शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आइतबार चाँदी प्रतितोला २१ सय ६० रुपैयाँ कायम भएको छ ।

गएको शुक्रबार चाँदी प्रतितोला २१ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।