
साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले घटेको छ । ३२.९३ अंकले घटेको नेप्से २५९५.९७ विन्दुमा झरेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.३८ अंकले घटेर ४४४.१० अंकमा झरेको छ ।
नेप्सेमा आइतबार ३१० कम्पनीको ८७ हजार तीन सय दुई पटकको कारोबारमा दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँ पुग्यो ।
आज १३ समूहको सेयर कारोबार भएकामा सबैका सूचक राताम्मे बने । नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । यसका लगानीकर्ताले आफ्नो सेयर मू्ल्य १० प्रतिशतले गुमाए ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड परेको छ । दोर्दीको अन्तिम कारोबार मूल्य ३६० रुपैयाँ कायम रह्यो ।