
काठमाडौं, असार ८ :
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् ।
पक्राउ पुर्जी जारी भएकी रायमाझी जनमत पार्टीको समानुपातिक सांसद हुन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् ।