
काठमाडौं, असार ८ :
६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी अमला रोकाको मुद्दामा थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। बहस नसकिएकाले उनीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा राखिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको यो मुद्दा सम्भवतः भोलि सोमबार थुनछेक बहस सकिने अनुमान गरिएको छ। त्यसपछि रोकालाई धरौटी वा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश आउनेछ।
सीआईबीले गत शुक्रबार उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। अमला रोका ६१ किलो सुन तस्करीमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्।