शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ असार, २०८२ मा प्रकाशित
सुनको मूल्य स्थिर चाँदीको बढ्यो
काठमाडौं, असार ९ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ ।

सुनको भाउ सोमबार पनि प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ थियो । हिजो आइतबार एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको सोमबार पनि सोही मूल्य कायम छ ।

यसैगरी शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको थियो । यसैगरी आइतबारको तुलनामा आज सोमबार पनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । प्रतितोला १० रुपैयाँले मूल्य बढेको चाँदी आज नेपाली बजारमा २१ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३ हजार ३५८ डलरमा किनबेच भइरहेको छ भने चाँदीको प्रतिऔंस ३६ डलरमा किनबेच भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार