काठमाडौं, असार ९ :

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ४.७८ अंकले बढेको छ । योसँगै नेप्से २६००.७६ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन (आइतबार) नेप्से ३२.९३ अंकले घटेको थियो ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.९७ अंकले बढेर ४४५.०७ अंकमा पुगेको छ ।

नेप्सेमा सोमबार ३२५ कम्पनीको ७० हजार ८३१ पटकको कारोबारमा एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ पुग्यो । हिजो आइतबार नेप्सेमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको कारोबार भएको थियो ।

आज १३ समूहको सेयर कारोबार भएकामा ६ वटा सूचक घट्दा बाँकी सबै सूचक बढे । नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसका लगानीकर्ताले आफ्नो सेयर मू्ल्य १० प्रतिशतले गुमाए ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने राधी विद्युत् कम्पनी लिमिटेड परेको छ । राधीको अन्तिम कारोबार मूल्य ८२६ रुपैयाँ कायम रह्यो ।