काठमाडौं, असार १० :

सत्तापक्षीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।बजेट पारित गर्नु पहिले सत्तापक्षको बैठक बसेको हो । 

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,कांग्रेस नेता कृष्ण सिटौला,लोसपाका महन्थ ठाकुर,जनमतका सिके राउत,जसपाका अशोक राईनागरिक र उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् ।

बजेटमाथि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम हिजो नसकिएपछि आज पनि केही मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।  

आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई हिजै ह्विप जारी गरिसकेका छन् । 

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।