
चितवन, असार १० :
चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएको नया छावाको नामाकरण गरिएको छ ।
निकुञ्जको हात्ती प्रजजन केन्द्रमा रहेको तिर्थमानकलीले गत जेठ ३० गते तेश्रो सन्तानलाई जन्म दिएकी थिईन । तेश्रो सन्तानको नाम विनम्रकली राखिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले नामाकरण गरेका हुन् । हात्ती जन्मिएको १२ दिनको दिन न्वारन गरि नामाकरण गर्ने चलन रहेको छ ।
केन्द्रमा अहिले ६७ वटा हात्ती जन्मिएको रेकर्ड राखिएको केन्द्रले जनाएको छ ।