काठमाडौं, असार १० :

नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्दा चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

सुनको भाउ मंगलबार प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार प्रतितोला २१ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार भने प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।