
काठमाडौं, असार १० :
सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो । रमालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै उनका बुवा बलदेव बस्नेतले रिट दायर गरेका थिए ।
खोटाङ स्थायी घर भएर भक्तपुर बस्दै आएकी रमालाई असार १ गते विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो ।
उनीमाथि प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्याएको आरोप लागेको छ ।