
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्।
यस बजेटमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ चालु खर्चका लागि र ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
बजेटले समृद्धि र सुशासन, सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार निर्माण, हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य, युवा तथा रोजगारका क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ।
गत वर्षको तुलनामा यस वर्ष ललितपुर महानगरको बजेट १ करोड रुपैयाँले बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट ल्याइएको थियो।
