
गत हप्ता अमेरिकाले इरानका तीनवटा आणविक स्थलहरुमा गरेको सैन्य आक्रमणले ति स्थलहरू पुर्ण रुपमा नष्ट नगरेको अमेरिकी गुप्तचर निकाय डिफेन्स इन्टेलिजेन्स एजेन्सीले जनाएको छ ।
सो आक्रमणको मूल्याङ्कनको जानकारी सात जना व्यक्तिलाई दिइएको थियो।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले आक्रमणपछि गरेको क्षति मूल्याङ्कनको आधारमा यो रिपोर्ट बनाइएको एक स्रोतले जनाएको छ।
ती क्षेत्रहरुमा भएको क्षति र ती आक्रमणहरूले इरानको आणविक स्थलमा पारेको प्रभावको विश्लेषण गर्ने काम अझै जारी छ । थप जानकारी उपलब्ध भएसँगै निष्कर्षहरू फेरिन सक्ने सम्भावना पनि रहेको समाचारमा उल्लेख छ ।
प्रारम्भिक निष्कर्षहरू यी आक्रमणहरूले इरानका यूरेनियम प्रशोधन केन्द्रहरूलाई पूर्ण रूपमा ध्वस्त पारेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार दिएका दाबी भने मेल खाएको देखिदैन् ।
मूल्याङ्कनसँग परिचित दुई जनाले बताएका छन् कि इरानको यूरेनियमको भण्डार नष्ट गरिएको छैन। तीमध्ये एकले भनेका छन् कि सेन्ट्रिफ्युजहरू प्रायः “जस्ताका तस्तै” छन्।
अर्को स्रोतले भने अमेरिकी आक्रमण हुनुअघि नै समृद्ध यूरेनियम ती क्षेत्रहरुबाट अन्यत्र सारिएको थियो भन्ने मूल्याङ्कन गरिएको छ।
ह्वाइट हाउसले उक्त मूल्याङ्कनको अस्तित्वलाई स्वीकार गरेपनि त्यससँग असहमति जनाउने स्पष्ट पारेको छ।