काठमाडौं, असार ११ :

नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) घटेको छ । हिजो (मंगलबार) प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य प्रतितोलाको एक लाख ९२ हजार रुपैयाँ कायम छ । सुन हिजो प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोलाको २१ सय ४० रुपैयाँ निर्धारण भएको छ । हिजो (मंगलबार) चाँदी प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।